२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदक विजेता खेलाडीलाई नगर परिक्रमा (९ तश्विर)

२०७६, २७ मंसिर शुक्रबार १४:४१

मङ्सिर २७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन ।

सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पुर्याइएको थियो । बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो ।

साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गर्नुभएको थियो । सरकारले यसअघि सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । रासस

माथिको तश्वीरहरु: तेर्हौं दक्षिण एशियाली खेलकूद (साग)का पदक विजयी खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइँदै । खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, इन्द्रचोक, रत्नपार्क, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रको परिक्रमा गराइएको थियो | तश्वीर: रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले