४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

९ पुष २०७६, बुधबार ०३:१६

पुष ९, काठमाडौँ | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन  गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । 

सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र   धनगढीमा दुई/दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा एक÷एक प्रतियोगिता हुने एन्फाले जनाएको छ । 

तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना गर्नेछ । फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ । यस्तै फागुन २२ देखि चैत १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप सञ्चालन हुनेछ । 

फागुन २९ देखि चैत ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप, चैत १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ । 

यस्तै फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुन २४ देखि चैत ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप तथा चैत ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ । यसैगरी एन्फाले फागुन ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ