७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानसँग नेपाल १८ रनले पराजित

२२ माघ २०७६, बुधबार ११:१२

माघ २२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ | घरेलु मैदान किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा नेपालले ओमानसँग १८ रनको हार ब्यहोरेको हो | १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै जोड्न सक्यो |

४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन सन्दीप लामिछाने बनाएका बनाए | तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा पर्यो | लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भएपछि खेल ओमानको पोल्टामा गयो |

नेपालले खराबी सुरुवात गरेको थियो | कप्तान ज्ञानेन्द्र मल्ल  ४ रन र पारस खड्का  ३ रनमा आउट भएका थिए | त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साँझेदारी गर्दै नेपाललाई उकासेका थिए | शरदसँग मिलेर ६२ रनको साँझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लु आउट भए | २३.१ ओभरमा आरिफ शेख ६ रनमा  आउट भए भने लगतै रोहित कुमार पौडेल  शुन्य रनमा  आउट भए |

त्यसपछि ब्याटिङ गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन गरे तर विनोद भण्डारी २६ रन बनाएर आउट भए | बलिङतर्फ ओमानका जिशन साकसोदले ३ र विलाल खान र कलिम उल्लाहले समान २–२ विकेट लिए |

यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको थियो | खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए | सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए |

नेपालका लागि बलिंग तर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए | उनले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर एक ओभर मेडन दिए | नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए | उनले १० ओभर बलिङ गर्दै १४ रन खर्चिए |

त्यस्तै एक विकेट दीपेन्द्रसिंह ऐरीले लिए | सिरिज अन्तर्गत बिहीबार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी