फुटबलर रोनाल्डीन्हो पक्राउ

Posted on: 05 Mar, 2020

फागुन २२, एजेन्सी | ब्राजिलका फुटबलर रोनाल्डीन्हो पाराग्वे जाने क्रमममा पक्राउ परेका छन् | उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण पक्राउ गरिएको हो | ३९ वर्षिय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए |

बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका हुन् | रोनाडीन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् | सन् २०१८ मा पर्यावरण कानुन उल्लंघन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए |

सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!