१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अशोक खड्का उत्कृष्ट निर्णायक

३१ असार २०७७, बुधबार १२:१३

असार ३१, काठमाडौँ । नेपालका अन्तराष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तरराष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका  निर्णायक सहभागी थिए । प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन् । नेपालले एक स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको हो ।

मधुसूदन सापकोटाले स्वर्ण जित्नुभएको हो । उहाँले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का अध्यक्षसमेत रहेका खड्काले बताउनुभयो । 

यस्तै नेपालकी प्रगति कुइँकेलले १३–१४ उमेर समूह तथा आयुश बोहराले १५–१७ उमेर समूहतर्फ रजत जित्नुभयो । यसैगरी १०–१२ उमेर समूहमा भिजन तामाङ र यु–९ तर्फ प्रवीण श्रेष्ठले कास्य जित्नुभयो ।  यसैगरी १८–३९ उमेर समूहमा पुष्पप्रसाद गौतम र चन्दु शाहीले रजत जित्नुभयो । महिला १५–१७ उमेर समूहमा अस्मिता नगरकोटीले कास्य जित्नुभयो । मङ्गलबार सम्पन्न प्रतियोगितामा १२ देशका ३७५ खेलाडीको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल