२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट

२०७७, २० श्रावण मंगलवार १२:४८

साउन २०, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । 

हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो । क्यानले २९ जिल्लालाई भने रु ५० हजारका दरले बजेट उपलब्ध गराएको छ । 

“बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो । जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि रु १० हजार सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई रु एक लाख तथा प्रदेशलाई रु तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ । 

हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी कूल रु २० लाख ५० हजार निकासा गरेको सिंहले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले