७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटका लागि प्रशिक्षणका क्रममा रहेका एक फुटबल खेलाडी सङ्क्रमित

३० श्रावण २०७७, शुक्रबार १२:३९

साउन ३०, काठमाडौँ | राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । 

एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो । परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताउनुभयो । 

एक खेलाडी पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उहाँको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्नेबारे एन्फाले छलफल गरिरहेको छ । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा फुटबल खेलाडीमा कोरोना देखिएको हो । एन्फाले काठमाडौँ बाहिरबाट आएका ११ खेलाडीलाई क्वारेन्टिन र होटलमा राखेको थियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न भनेको थियो । बिहीबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि आज फेरि परीक्षण गर्दा पनि पोजिटिभ नै आएको एन्फाले जनाएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेपछि आगामी भदौ १ गतेदेखि हुने भनिएको बन्द प्रशिक्षण एन्फाले हाललाई स्थगित गरेको प्रवक्ता राईले बताउनुभयो । दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो । नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो । 

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एसियन कपको छनोटका लागि नेपालले प्रशिक्षण थाल्ने योजना बनाएको थियो । हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी