२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीपीएल क्रिकेट: ट्रिनबागोको विजयी सुरुवात

२०७७, ३ भाद्र बुधबार ०२:५२

भदौ ३, काठमाडौं । सुनिल नारिनको अलराउण्ड प्रदर्शनपछि ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

मंगलबार ट्रिनिडाड एण्ड टोबागोमा भएको खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको हो । वर्षाको कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । जसमा गुएनाले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

जवाफमा ट्रिनबागोले २ बल अगावै ६ विकेट गुमाएर १४७ रन बनाउँदै खेल जितेको हो । जितपछि ट्रिनबागोले २ अंक जोडेको हो । ट्रिनबागोको जितमा सुनिल नारिनले २८ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए । यस्तै डारेन ब्राभोले ३० तथा लेन्डन सिमोन्स र कोलिन मनरोले समान १७ रन योगदान गरे । गुएनाका लागि नभिन उल हक र इमरान ताहिरले २-२ विकेट लिए ।

त्यसअघ ट्रिनबागोले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुएना अमेजनले शिमरोन हेतमायरको अर्धशतक मद्दतमा १४४ रन बनाएको थियो । हेतमायरले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै रोस टेलररे ३३ रन जोडे । ट्रिनबाऊका लागि सुनिल नारिनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना