७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीपीएल टी–ट्वान्टी क्रिकेट : विकेट लिए पनि सन्दीपको टोली पराजित

५ भाद्र २०७७, शुक्रबार ०५:०८

भदौ ५, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो । 

 आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गर्नुभयो । उहाँले ३० रन खर्चेर एक विकेट लिनुभयो । नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिनुभयो । त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उहाँले ११ रन दिनुका साथै एक विकेट लिनुभयो । उहाँले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काउनुभयो । नराईन ५३ रनमा आउट हुनुभयो । यस्तै खेलको १३औं ओभरमा सन्दीपले ७  रन खर्चिनुभयो । सन्दीपले १५औं ओभरमा १० रन दिनुभयो । 

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए । बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेल्नुभयो । यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाउनुभयो । बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिनुभयो । पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ । 

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँको टोेली जमैका ५ विकेटले विजयी भएको थियो ।  अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी