७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीपीएलमा सन्दीपको धमाकेदार पर्दर्शन, २ विकेट लिएर ८ रनमात्र दिए

६ भाद्र २०७७, शनिबार २०:१९

अनिल अधिकारी | भदौ ७, काठमाडौँ | क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेले अहिले जारी खेलमा आफ्नो पुरा ४ ओभरको खेलमा सानदार प्रदर्शन गरेका छन् । 

गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिप आवद्ध जमैका तलावाजले पहिले फिल्डीङ रोजेको थियो । आफ्नो तेस्रो खेलमा सन्दिपले मात्र ८ रन दिएर महत्वपूर्ण दुई विकेट लिन सफल भए । उनले आफ्नो खेलमा क्रमश पहिलो ओभरमा २ रन, दोश्रो ओभरमा १ विकेट लिएर १ रन, तेश्रो ओभरमा ३ रन र अन्तिम ओभरमा १ विकेट लिएर २ रन दिएका थिए । उनले खेलमा १८ डटबल खेले ।

अहिले जारी खेलमा सन्दीपको टोली जमैका तलावाजले गुयाना अमेजन वारियर्सविरुद्ध पुरा २० ओभरको खेलमा ११९ रनको लक्ष दिएको छ । सुरुवाती खेलमा सानदार पर्दर्शन गरेको गुयाना अमेजन वारियर्सले ६ ओभरको खेलपछि आफ्नो लय गुमाउन पुगेको थियो । उसले खेलको १९.१ ओभरको खेलमा सबै विकेट गुमाई ११८ रन मात्र जोड्न सक्यो । 


सन्दीपले सीपीएलमा यस अघि खेलेका दुई खेलमा दुई विकेट लिएका थिए । उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए भने भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरको खेलमा ३० रन दिँदै एक विकेट लिएका थिए । 

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले पराजित भएको थियो । 

गुयानाले पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो । 


सन्दिपले यसअघि सन्  २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल