२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीपीएलमा सन्दीपको धमाकेदार पर्दर्शन, २ विकेट लिएर ८ रनमात्र दिए

२०७७, ६ भाद्र शनिबार २०:१९

अनिल अधिकारी | भदौ ७, काठमाडौँ | क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेले अहिले जारी खेलमा आफ्नो पुरा ४ ओभरको खेलमा सानदार प्रदर्शन गरेका छन् । 

गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिप आवद्ध जमैका तलावाजले पहिले फिल्डीङ रोजेको थियो । आफ्नो तेस्रो खेलमा सन्दिपले मात्र ८ रन दिएर महत्वपूर्ण दुई विकेट लिन सफल भए । उनले आफ्नो खेलमा क्रमश पहिलो ओभरमा २ रन, दोश्रो ओभरमा १ विकेट लिएर १ रन, तेश्रो ओभरमा ३ रन र अन्तिम ओभरमा १ विकेट लिएर २ रन दिएका थिए । उनले खेलमा १८ डटबल खेले ।

अहिले जारी खेलमा सन्दीपको टोली जमैका तलावाजले गुयाना अमेजन वारियर्सविरुद्ध पुरा २० ओभरको खेलमा ११९ रनको लक्ष दिएको छ । सुरुवाती खेलमा सानदार पर्दर्शन गरेको गुयाना अमेजन वारियर्सले ६ ओभरको खेलपछि आफ्नो लय गुमाउन पुगेको थियो । उसले खेलको १९.१ ओभरको खेलमा सबै विकेट गुमाई ११८ रन मात्र जोड्न सक्यो । 


सन्दीपले सीपीएलमा यस अघि खेलेका दुई खेलमा दुई विकेट लिएका थिए । उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए भने भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरको खेलमा ३० रन दिँदै एक विकेट लिएका थिए । 

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले पराजित भएको थियो । 

गुयानाले पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो । 


सन्दिपले यसअघि सन्  २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले