७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत जमैकाले पायो १८५ रनको लक्ष्य

१६ भाद्र २०७७, मंगलवार १५:५७

भदौ १६, काठमाडौँ | नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल अहिले ट्रिन्बागो नाइट राइडर्सविरुद्ध खेलिरहेको छ ।  

सिपीएलमा यस अघि ६ खेल खेलीसकेको ट्रिन्बागो नाइट राइडर्स प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । खेलमा पहिले टस जितेको जमैकाले फिल्ड रोजेको थियो । खेलमा पहिले ब्याटिङ गरेको ट्रिन्बागो नाइट राइडर्सले ४ विकेट गुमाएर १८४ रन जोडेको छ । अहिले खेलमा जमैका तलावाजले १८५ रनको लक्ष्य पछ्याईरहेको छ । 

आफ्नो सातौँ खेलमा जमैका तलेवाजमा सम्मिलित नेपाली क्रिकेटर सन्दिप लामिछानेले १ विकेट लिन सफल भए । चार ओभरको खेलमा २० रन दिँदै सन्दिपले महत्वपूर्ण एक विकेट लिन सफल भए । 


यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ । 

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । सन्दिपले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिएका छन् । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए । 

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिएका थिए । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल पर्दर्शन गरेका थिए । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । यस्तै पाँचौ खेलमा उनले दुई विकेट लिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिए । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिएका थिए । 

जमैकाले खेलेका आजसम्मको ७ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित बनाएका छन् । आजको खेलमा उनले उत्कृष्ट पर्दर्शन गरेका छन् । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दिपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी