२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत जमैकाले पायो १८५ रनको लक्ष्य

२०७७, १६ भाद्र मंगलवार १५:५७

भदौ १६, काठमाडौँ | नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल अहिले ट्रिन्बागो नाइट राइडर्सविरुद्ध खेलिरहेको छ ।  

सिपीएलमा यस अघि ६ खेल खेलीसकेको ट्रिन्बागो नाइट राइडर्स प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । खेलमा पहिले टस जितेको जमैकाले फिल्ड रोजेको थियो । खेलमा पहिले ब्याटिङ गरेको ट्रिन्बागो नाइट राइडर्सले ४ विकेट गुमाएर १८४ रन जोडेको छ । अहिले खेलमा जमैका तलावाजले १८५ रनको लक्ष्य पछ्याईरहेको छ । 

आफ्नो सातौँ खेलमा जमैका तलेवाजमा सम्मिलित नेपाली क्रिकेटर सन्दिप लामिछानेले १ विकेट लिन सफल भए । चार ओभरको खेलमा २० रन दिँदै सन्दिपले महत्वपूर्ण एक विकेट लिन सफल भए । 


यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ । 

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । सन्दिपले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिएका छन् । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए । 

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिएका थिए । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल पर्दर्शन गरेका थिए । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । यस्तै पाँचौ खेलमा उनले दुई विकेट लिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिए । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिएका थिए । 

जमैकाले खेलेका आजसम्मको ७ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित बनाएका छन् । आजको खेलमा उनले उत्कृष्ट पर्दर्शन गरेका छन् । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दिपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना