२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

२०७७, १७ भाद्र बुधबार ०४:४१

भदौ १७, काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिनुभएको छ । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोड्नुभयो । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिनुभयो । सन्दीपले लेन्स सिमोन्सको विकेट लिनुभएको थियो । 

जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गर्नुभयो । उहाँले अविजित अर्धशतकीय पारी खेल्नुभयो । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाउनुभयो । यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाउनुभयो । कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सक्नुभएन ।  

बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिनुभयो । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना