७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

१७ भाद्र २०७७, बुधबार ०४:४१

भदौ १७, काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिनुभएको छ । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोड्नुभयो । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिनुभयो । सन्दीपले लेन्स सिमोन्सको विकेट लिनुभएको थियो । 

जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गर्नुभयो । उहाँले अविजित अर्धशतकीय पारी खेल्नुभयो । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाउनुभयो । यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाउनुभयो । कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सक्नुभएन ।  

बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिनुभयो । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी