७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको अर्को कीर्तिमानी: विश्वमा दोश्रो, युरोपमा पहिलो

२४ भाद्र २०७७, बुधबार ०२:४५

भदौ २४, काठमाडौँ | फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्दै सर्वाधिक गोल गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । रोनाल्डोले यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै पहिलो पटक युरोपीयन खेलाडीहरु मध्ये १०० गोलको क्रितिमानी राख्ने पहिलो खेलाडी बनेका हुन् । 

डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई लगातार दोस्रो जीत दिलाउने क्रममा उनले पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । फ्रिकिक मार्फत उनले हालसम्म ५७ औँ गोल गरेका छन् ।


खेलको दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट व्यक्तिगत दोस्रो गोल गरे । ८१ औं मिनेट खेलेका रोनाल्डोले विश्वकीर्तिमान राख्ने भने अब मात्र ८ गोल गर्न पर्ने हुन्छ । इरानका अली देइले यस अघि रोनाल्डोले भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेर रेकर्ड राखेका छन् । अली देइले सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए ।

सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ताको सूचीमा तेश्रो स्थानमा भारतका सुनिल क्षेत्री रहेका छन् । सुनिलले ७२ गोल गरेका छन् । त्यस्तै चौथो स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन् । उनले हालसम्म ७० गोल गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी