७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा बेल्जियम

२ आश्विन २०७७, शुक्रबार १६:५०

असोज २, काठमाडौँ (रासस/सिन्ह्वा) | अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेको छ । 

कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरि यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो । 

तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन  ।  बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् । 

पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।  

एसियाली मुलुकहरू जापान २८ औँ र चीन ७६ औँ स्थानमा रहेका छन् ।

अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२ औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३ औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४ औं क्रममा रहेको छ । 

यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धी हाँसिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१ औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२ औँ स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल