७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-13: कोलकाताद्वारा हैदरावाद पराजित, आज को-को भिड्दै ?

११ आश्विन २०७७, आईतवार ०१:५५

असोज ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल १३) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा पुरा गर्न सफल भयो ।

कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिएका छन् । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै, इयोन मोर्गनले ४२ रन बनाउँदै गिललाई राम्रो साथ दिए । दुवैले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने खराब रह्यो । ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए । कप्तान दिनेश कार्तिकले पनि खाता खोल्न सकेनन् ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ५१ रन बनाए । उनको यो १६ औँ अर्धशतक थियो । त्यस्तै कप्तान डेविड वार्नरले ३६ र ऋद्धिमान साहाले ३० रन बनाए । 

आज आइतबार राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाबबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट