७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स

१६ आश्विन २०७७, शुक्रबार ०९:२२

असोज १६, काठमाण्डौ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ । 

विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी भएबापत उहाँले उक्त लाइसेन्स प्राप्त गर्नुभएको हो । लामाले सन् २००८ मा थाइलैण्डको बैंकक, सन् २०१२ मा मलेसिया, सन् २०१२ र २०१५ मा चीन तथा सन् २०१९ मा अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्समा सहभागिता जनाउनुभएको थियो । 

यस्तै सन् २०१९ मै अष्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत लामाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई विश्व तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्र आज हस्तान्तरण गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट