२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स

२०७७, १६ आश्विन शुक्रबार ०९:२२

असोज १६, काठमाण्डौ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ । 

विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी भएबापत उहाँले उक्त लाइसेन्स प्राप्त गर्नुभएको हो । लामाले सन् २००८ मा थाइलैण्डको बैंकक, सन् २०१२ मा मलेसिया, सन् २०१२ र २०१५ मा चीन तथा सन् २०१९ मा अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्समा सहभागिता जनाउनुभएको थियो । 

यस्तै सन् २०१९ मै अष्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत लामाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई विश्व तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्र आज हस्तान्तरण गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले