७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको लगातार ५ औं खेल जारी, अमित वाहिरिदा पनि सन्दीपले खेल्न पाएनन्

१९ आश्विन २०७७, सोमबार १४:३९

असोज १९, काठमाडौं | आईपीएल सिजन १३ को खेल अहिले युएईमा जारी रहंदा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाएका छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) टिममा आवद्ध लामिछानेलाई यस अघिका सिजनमा पनि दिल्लीले सुरुवाती खेलमा अवसर दिएको थिएन । 

अहिले जारी खेलमा अर्का लेग स्पिनर अमित मिश्रा चोटका कारण जारी सिजनको लिगबाट बाहिरिएको अवस्थामा सन्दिपले खेल्ने सम्भावना थियो तर उनलाई अहिले जारी रोयल च्यालेन्जर्स ब्यांग्लोरबिरुद्धको खेलमा पनि दिल्लीले प्लेइङ ११ मा राखेको छैन । 

दिल्लीका स्पिनर अमित मिश्रा औंलाको चोटका कारण बाहिरिएका हुन्। साथै जारी आईपीएलको बाँकी खेलमा समेत अमित मिश्रा सहभागी हुने छैनन् । उनको बलिङ गर्ने हातको रिङ फिंगरको टेन्डनमा लागेको चोटका कारण बाँकी खेल नखेल्ने पक्का भएको छ । 

सन्दीपलाई दिल्ली क्यापिटल  तीन सिजन अघि २० लाख भारतीय रुपैयाँमा ३ सिनजका लागि अनुबन्ध गरेको थियो । 

आजको जारी खेलमा दिल्लीको तर्फबाट श्रेयस अयर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पृथ्वी श, शिमरोन हेट्मेयर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रवाडा, एनरिच नोर्तजे, हर्षल पटेल खेल्दैछन् । यो समाचार तयार पार्दासम्म दिल्लीले ब्यांग्लोरबिरुद्ध ८ औं ओभरको खेलमा एक विकेटको क्षेतीमा ७४ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै