७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा ५० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

२२ आश्विन २०७७, बिहीबार ०८:३४

असोज २२, साओ पाओलो (रासस/सिन्ह्वा)। ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । 

दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ । 

अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ ।  तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ । 

विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० ६४ हजा ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट