२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्ली मुम्बईसँग पराजित, कुन टिम कतिऔं स्थानमा ?

२०७७, २५ आश्विन आईतवार १८:११

असोज २५, काठमाडौँ | आइपीएल सिजन १३ अन्तर्गत आइतबार राति भएको २७ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई ५ विकेटले पराजित गरेको छ । साथै शिर्ष स्थानमा रहेको दिल्लीलाई दोश्रो स्थानमा झार्दै मुम्बई शिर्ष स्थानमा उक्लिएको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै दिल्लीलाई पराजित गरेको हो । 

मुम्बईले अन्तिम ओभरमा जितको लागि ७ रन आवश्यक हुँदा पहिलो बलमा चौका, दोस्रोमा एक रन, तेस्रोमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै जित दिलाउन सफल भएको हो  । 


दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्नेछ । त्यस्तै मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

हेर्नुहोस् आइपिएलको अंक तालिका

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

त्यस्तै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । 

त्यस्तै चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै सबैभन्दा अन्तिम स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले