७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्ली मुम्बईसँग पराजित, कुन टिम कतिऔं स्थानमा ?

२५ आश्विन २०७७, आईतवार १८:११

असोज २५, काठमाडौँ | आइपीएल सिजन १३ अन्तर्गत आइतबार राति भएको २७ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई ५ विकेटले पराजित गरेको छ । साथै शिर्ष स्थानमा रहेको दिल्लीलाई दोश्रो स्थानमा झार्दै मुम्बई शिर्ष स्थानमा उक्लिएको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै दिल्लीलाई पराजित गरेको हो । 

मुम्बईले अन्तिम ओभरमा जितको लागि ७ रन आवश्यक हुँदा पहिलो बलमा चौका, दोस्रोमा एक रन, तेस्रोमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै जित दिलाउन सफल भएको हो  । 


दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्नेछ । त्यस्तै मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

हेर्नुहोस् आइपिएलको अंक तालिका

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

त्यस्तै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । 

त्यस्तै चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै सबैभन्दा अन्तिम स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट