२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- ब्यांग्लोरद्वारा राजस्थान पराजित, दिल्ली विरुद्ध चेन्नई ब्याटिङ गर्दै

१ कार्तिक २०७७, शनिबार १३:५३

कात्तिक १, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले ७ विकेटले पराजित गरेको छ ।

सनिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै राजस्थान रोयल्सले बेंगलोरलाई ६ विकेट गुमाउँदै १७८ रनको लक्ष प्रस्तुत गरेको थियो । उक्त लक्ष्यलाई बेंगलोरले २ बल बाँकी छँदा ३ विकेट मात्रको क्षेतीमा पुरा गर्यो । बेंगलोरको जितका लागि एबी डेविलिएर्सले अन्तिम ३ ओभरको खेलमा आक्रामक पर्दर्शन गर्दै महत्वपूर्ण योगदान दिए । बेंगलोरको जीतको लागि हीरो बनेका एबी डिविलियर्स, जसले २२ बलमा नटआउट रही ५५ रनको पारी खेलेका छन् । डिविलियर्सको पारीमा ६ छक्का समावेस रह्यो । 


अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा एवि डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटले सुरुवाती तीन बलमा दि भिलियर्सको लगातार ३ छक्का खाएका थिए । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सुरुवाती ३ बलमा ५ रन जोडेको बेंगलोरका लागि डी भिलियर्सले चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे । 

१७८ रनको लक्ष्य पछ्याएको बेंगलोरको झटका २३ रन बनाउँदा लाग्यो, त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले दोश्रो विकेटको लागि ७९ रन बनाए । १०२ को स्कोरमा बेंगलोलाई दुई झट्का लाग्यो, एक त पडिक्कल (३५) रनमा आउट भए, त्यसपछि विराट कोहली (४३) रनमा आउट भए । उनिहरुलाई क्रमश: राहुल तेवतिया र कार्तिक त्यागीले आउट गरेका थिए । त्यसपछि खेलमा एबी डिविलियर्स आएका थिए, उनलाई गुरकीरत सिंह मानले साथ दिएका थिए । गुरकीरतले नट आउट रही १९ रन बनाए । 

यसअघि राजस्थान रोयल्सले टस जितेर ब्याटिङ गर्ने फैसला लिएको थियो । उसको लागि कप्तान स्टीव स्मिथले ३६ बलमा सर्वाधिक ५७ रन बनाए, उनले छ चौका र एक छक्का प्रहार गरेका थिए । राजस्थान विरुद्धको खेलमा बेंगलोरको लागि क्रिस मरिसले सबैभन्दा बढी ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए ।  युजवेन्द्र चहलले एकै ओभरमा दुई विकेट लिएका थिए । 

यस जितसँगै बेंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।

दिल्ली विरुद्ध चेन्नई ब्याटिङ गर्दै  

सनिबारनै अर्को खेल हुँदैछ । अहिले सुरु हुँदै गरेको खेलमा टस जितेर चेन्नईले दिल्ली विरुद्ध पहिले व्याटिङ गर्दैछ । 

Delhi Capitals (Play 11)

Prithvi Shaw

Shikhar Dhawan

Ajinkya Rahane

Shreyas Iyer (C)

Marcus Stoinis

Alex Carey (W)

Axar Patel

Ravichandran Ashwin

Kagiso Rabada

Anrich Nortje

Tushar Deshpande

Chennai Super Kings (Play 11)

Sam Curran

Faf du Plessis

Shane Watson

Ambati Rayudu

MS Dhoni (C) (W)

Kedar Jadhav

Ravindra Jadeja

Dwayne Bravo

Deepak Chahar

Karn Sharma

Shardul Thakur

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने