२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल क्रिकेट: चेन्नईलाई पराजित गर्दै मुम्बई शिर्ष स्थानमा

२०७७, ८ कार्तिक शनिबार ०१:२४

कात्तिक ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) सिजन १३ अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । चेन्नईसंगको जितसंगै ७ खेलमा जित्दै मुम्बईले १४ प्वाइन्ट बनाएको छ । साथै आइपीएलको जारी सिजनको शिर्ष स्थानमा उक्लिएको छ । 

शुक्रबारको खेलमा मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे ।

यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा रहेको छ ।


टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सकेको थियो । चेन्नईको लागि साम करनले ५२ रन बनाए तर अन्य प्रदर्शन खराब रह्यो ।

चेन्नईको खेलमा ओपनर ऋतुराज गायकवाड पहिलो ओभरमै खाता नखोली आउट भए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यू धरापमा पारे । अर्का ओपनर फाफ डु प्लेसिस पनि ट्रेन्ट बोल्टको बलमा क्याच आउट भएका थिए । उनले १ रनमात्र बनाउन सके ।

त्यसपछि आएका अम्बाती रायडु पनि जसप्रित बुमराहको बलमा क्विन्टन डि ककको हातबाट क्याच आउट भए । अम्बाती रायडुले २ रन मात्रै बनाउन सके ।

त्यसपछि जसप्रित बुमराहले नारायण जगदिशनलाई पनि आउट गरे । उनी सूर्यकुमार यादवको हातबाट क्याचआउट भए । जगदिशन पनि खाता खोल्न नपाइ पेभिलियन फर्किए ।

कप्तान महेन्द्र सिंह धोनी क्रिजमा आउँदा चेन्नईको चार विकेट गुमिसकेको थियो । क्रिजमा धोनी र रविन्द्र जडेजा थिए । तर उनीहरुको साझेदारी पनि टिक्न सकेन । ट्रेन्ट बोल्टको बलमा जडेजा क्याचआउट भए । जडेजाले ६ बलमा ७ रन मात्र बनाउन सके । धोनीलाई साथ दिन आएका थिए साम कुरान । तर धोनी राहुल चहरको बलमा क्याचआउट भए । धोनीले १६ बलमा १६ रन मात्र बनाएर आउट भए ।

धोनी आउट भएपछि ब्याटिङमा आएका दीपक चाहर पनि खाता नखोली आउट भए । चेन्नाईले नौ ओभरमै सात विकेट गुमाइसकेको थियो र स्कोर थियो जम्मा ४४ रन । 

दीपक चाहरपछि आए शार्दुल ठाकुर । उनी २० बलमा ११ रन बनाएर आउट भए । साम कुरान २० औं ओभरमा ट्रेन्ट बोल्टको बलमा आउट भए । उनले ४७ बलमा ५२ रन जोडे । इमरान ताहिर १३ रनमा नटआउट रहे ।

१८ रन खर्चेर ४ विकेट लिएका ट्रेन्ट बोल्ट खेलमा म्यान अफ द म्याच बने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना