२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछाने आवद्ध दिल्लीको लगातार चौथो हार, दिल्लीलाई प्ले अफ पुग्न कठीन

२०७७, १५ कार्तिक शनिबार १३:००

कात्तिक १५, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली लगातार हारको गतिमा रहेको छ । नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लीले लगातार चार खेलमा अंक जोड्न सकेको छैन । पछिल्ला ४ खेलमा लगातार हारेसंगै दिल्ली शिर्ष स्थानबाट झरेर तेश्रो स्थानमा रहेको छ । दिल्लीले १३ खेल खेल्दा ७ खेलमा जितेको छ । 

सनिबार राति भएको खेलमा मुम्बई इन्डीएन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए ।
मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । 
मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे ।
दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए । 
जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ ।  र, मुम्बई क्वालिफायरमा प्रवेश गरेको छ  ।
अन्तिम खेलमा पराजित भएपछि मुम्बई शीर्ष दुईमा रहने छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ सम्भावना कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना