७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नई पछि पन्जाब आइपीएलबाट बाहिरियो, अन्तिम खेलमा चेन्नईको जित

१६ कार्तिक २०७७, आईतवार १३:५३

कात्तिक १६, काठमाडौँ | युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट किङ्स इलाभेन पन्जाब पनि बाहिरिएको छ । यस अघि चेन्नई सुपर किंग्स आइपीएलबाट बाहिरिएको थियो । 

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफमा पुग्ने सम्भावनाबाट बाहिरिएको हो । चेन्नईले जितेपनि प्लेअफको लागि प्रतिष्पर्धामा रहेको १४ अंकको स्कोर जम्मा गर्न नसक्दा खेलबाट यस अघिनै बाहिरिएको थियो । चेन्नईले १४ खेलबात १२ अंक मात्र  बनाउन सक्यो । त्यस्तै आजको खेल जितेर प्ले अफमा पुग्ने आशा सहित खेलमा उत्रिएको किंग्स इलाभेन पन्जाबले चेन्नईसंगको हारमा १२ अंकमै सिमित भएपछि आइपीएलबाटै बाहिरिएको हो । 


शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेन्नईको लागि फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए । खेलमा पन्जाबका क्रिस जोर्डनले १ विकेट मात्र लिन सके ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।


पन्जाबका लागि दिपक होडाले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेलेर १५३ रनको स्कोरसम्म पुर्याएका थिए । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गरेका थिए । पन्जाबको ब्याटिङको क्रममा कप्तान केएल राहुलले २९ रन, मयांक अग्रवालले २६ रन, मन्दिप सिंहले १४ रन र क्रिस गेलले १२ रन बनाएका थिए । 

पन्जाबको विकेट लिने क्रममा चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए भने सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै