२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलबाट तेश्रो टिमको रुपमा राजस्थान बाहिरियो, आज दोश्रो प्लेअफ टिम छानिदै

२०७७, १७ कार्तिक सोमबार ०१:४४

कात्तिक १७, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको दुई खेलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी भएका छन् ।

बिजयी टिम मध्ये चेन्नई यस अघिनै आईपीएलबाट बाहिरिएको थियो भने आफ्नो १४ औं खेलमा चेन्नईसंग पराजित बन्न पुगेको किंग्स इलाभेन पन्जाब पनि आइपीएलबाट बाहिरिएको छ । पन्जाबले प्ले अफमा प्रतिष्पर्धाको लागि १४ अंक बनाउन नसक्दा आईपीएलबाट बाहिरिएको हो । 


त्यस्तै हिजै भएको अर्को खेलमा कोलकाता नाइटराइडर्ससंग राजस्थान रोयल्स पराजित भएपछि राजस्थान पनि आईपीएलमा १२ अंक मात्र बनाएको कारण खेलबाटै बाहिरिएको छ । राजस्थानलाई पराजित गरेको कोलकाताको भने प्ले अफमा पुग्ने भाग्य अझै जिवितै रहेको छ । 

आईपीएलको १३ औं सीजन अन्तर्गत ५४ औं खेलमा कोलकाता नाइट राइडर्स (KKR) ले राजस्थान रोयल्स (RR) लाई ६० रनले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले राजस्थानलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसको जवाफमा राजस्थानले ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । कोलकाताको तीब्र बलर पेट कमिंस खेलमा म्यान अफ द म्याच बने ।


मर वा मारको स्थितिमा भएको खेलमा लक्ष्य पछ्याउने क्रममा उत्रिएको राजस्थानको टिमले फाराकिलो लक्ष्यको खेलको दवाब थेक्न सकेन । कोलकाताका बलर कमिंसले पावर-प्लेमै ४ विकेट लिएर टीमलाई जितको दिशा दिए । राजस्थानले ३७ रन बनाउदा ५ विकेट लिएको थियो । टीमको शुरुवाती ३ विकेट कमिंसले लिए । उनले कप्तान स्टीव स्मिथ (४ रन) लाई बोल्ड गरे । त्यसपछि बेन स्टोक्स (१८ रन) को क्रममा विकेटकीपर दिनेश कार्तिक मात्रफ्त विकेट लिए र त्यसपछि रबिन उथप्पालाई (६ रन) मात्र बनाउन दिएर कमलेश नागरकोटीको हातमा क्याच मार्फत आउट गराए । 

राजस्थानको चौथो विकेट शिवम मावीले लिए । उनले शिवम मावी (१ रन) कार्तिकको हातमा क्याच आउट गराए । पारीको  ५ औं ओभरमा कमिंसले रियान परागलाई खातानै खोल्न नदिएर पवेलियन फर्काए । 

त्यसपछि जोस बटलरले २२ बलमा ३५ र राहुल तेवतियाले २७ बलमा ३१ रन बनाएर राजस्थानको पारीलाई केहि समय सम्हाले, तर टीमलाई जित दिन भने सकेनन् । 


कोलकाताको जितको लागि प्याट कमिंसले सबैभन्दा बढी ४ विकेट लिए । वरुण चक्रवर्ती र शिवम मावीले समान २/२ विकेट लिए ।

त्यसअघि कोलकाताले ब्याटिङका क्रममा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । टीमका कप्तान इयोन मोर्गनले ३५ बलमा सबैभन्दा बढी ६८ रनको पारी खेले । उनको जारी सीजनमा यो पहिलो र लीगमा ५ औं फिफ्टी हो । उनको अलावा राहुल त्रिपाठीले ३९ र शुभमन गिलले ३६ रनको पारी खेले । खेलमा आन्द्रे रसेलले ११ बलमा २५ रन बनाए । राजस्थानको लागि राहुल तेवतियाले ४ ओभरमा २५ रन मात्र दिएर सर्वाधिक ३ विकेट लिए । उनको अलावा कार्तिक त्यागीले २ र जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।


आईपीएल इतिहासमा कोलकाताले अहिलेसम्म दुई पटक फाइनल (२०१४, २०१२) खेलेको थियो र दुवै खेलमा च्याम्पियन बनेको थियो । त्यस्तै, राजस्थानले लीगको पहिलो सीजनमै फाइनल (२००८) खेलेको थियो । जसमा राजस्थानले चेन्नईलाई जितेर च्याम्पियन बनेको थियो । 

आइतबारको खेलबाट जारी सिजनको खेलबाट राजस्थान बाहिरिएको छ भने कोलकाताले प्ले अफको लागि झिनो आशा बाँकी छ । 

यसै क्रममा आज बेलुका दिल्ली क्यापिटल्स र रोएल्स च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदैछ । आज दिल्ली र ब्यांग्लोर जसले जिते पनि आइपीएलको प्ले अफमा पुग्ने दोश्रो टिमको तय हुनेछ । जारी सिजनमा यस अघिनै मुम्बई इन्डीएन्सले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी