२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलको प्ले अफ समीकरण पूरा, यस्तो छ अबको खेल तालिका ?

२०७७, १९ कार्तिक बुधबार ०४:००

कात्तिक १९, एजेन्सी | आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ । 

मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो । मंगलबार अघिको खेलमा मुम्बई, दिल्ली र बैंगलोर प्ले अफमा पुगीसकेका थिए । मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गरेपछि हैदरावाद पनि आइपीएलको प्ले अफमा पुगेको छ । 

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर र हैदराबादको समान १४ अंक छ । रनरेटको आधारमा बैंगलोर चौंथो स्थानमा छ भने हैदरावाद तेश्रो स्थानमा छ ।


हैदराबादसँग पराजित भए पनि मुम्बई अंकको आधारमा शीर्ष स्थानमा यथावत छ । मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । त्यस्तै दिल्लीले १६ अंक बनाएको छ । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । 

पहिलो क्वालिफायर खेल बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना