२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL इतिहासमा पहिलो पटक फाइनलमा पुग्यो दिल्ली, मंगलबार मुम्बईसँग फाइनल भिड्दै

२३ कार्तिक २०७७, आईतवार १७:५५

कात्तिक २३, काठमाडौँ | आइपीएल सिजन १३ को जारी खेलमा दिल्लीले हैदरावादलाई पराजित गर्दै इतिहासमा पहिलो पटक फाइनल खेल खेल्ने अवसर पाएको छ । पहिलो क्वालीफाईएर खेलमा मुम्बईसंग पराजित भएको दिल्ली क्यापिटल्सले दोश्रो खेलमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दिल्लीले फाइनल खेल आगामी मंगलबार मुम्बई इन्डिएन्ससंग फाइनल भिड्दैछ । मुम्बई २०१९ को आइपीएल बिजेता समेत हो । 

युएईको आबुधाबीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले हैदराबादलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले पुरा २० ओभरको खेलमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । खेलमा हैदरावादका केन विलियम्सनले आईपीएल लीग अन्तर्गत आफ्नो १५ औं अर्धसतकीय पारी खेले । उनले आजको खेलमा ६७ रनको पारी खेले । अब्दुल समदले ३३ रन बनाए । दिल्लीको लागि कगिसो रबाडाले ४, मार्कस स्टोइनिसले ३ र अक्षर पटेलले एक विकेट लिए।

हैदराबादले ५ ओभरमा गुमायो ३ विकेट

लक्ष्य पछ्याएको हैदरवादलाई कम्जोर पार्नमा दिल्लीको शुरुआत राम्रो रह्यो । कप्तान डेविड वार्नर, प्रियम गर्ग र मनीष पान्डे शुरुवाती ५ ओभरमा आउट भए । वार्नरलाई २ रनको निजी स्कोरमा कगिसो रबाडाले आउट गरे । त्यसपछि प्रियम गर्ग (१७) र मनीष पान्डे (२१) लाई मार्कस स्टोइनिसले एकै ओभरमा आउट गरे ।

त्यसअघि दिल्लीले २० ओभरमा ३ विकेटमा १८९ रन बनाएको थियो । शिखर धवनले लीगमा आफ्नो ४१ औं अर्धसतक बनाए । धवनको IPL मा यो रेकर्डसंगै आईपीएलमा सबैभन्दा बढी अर्धसतक बनाउने भारतीय क्रिकेटर बनेका छन् । धवनपछि रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले ३९ फिफ्टी लगाएको रेकर्ड छ । आईपीएलमा सबैभन्दा बढी फिफ्टी लगाउनेको रेकर्ड अन्तर्गत हैदराबादका कप्तान डेविड वार्नरको नाम छ । उनले हालसम्म आइपीएलमा ४८ पटक अर्धसतक खेलेका छन् । 


साथै धवनले जारी लिगको प्ले-अफ खेलमा पहिलो ५०+ को स्कोर बनाए । उनले सबैभन्दा बढी ७८ रनको पारी खेले । शिमरन हेटमायरले ४२ रन बनाएर नटआउट रहे । हैदराबादको लागि संदीप शर्मा, जेसन होल्डर र रशिद खानले १/१ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता