२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको खेलकूद प्रशिक्षण आउँदो शुक्रबारदेखि शुरु हुँदै

२०७७, ८ मंसिर सोमबार ०४:४१

मङ्सिर ८, काठमाडौँ । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । सेनाले खेलकूदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ । कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन ।

नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन गर्न र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ ।

सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ ।  

कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय  ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ ।

 सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स, फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी, ब्याडमिन्टन, र्याफ्टिङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोभिड–१९ विरुद्ध सुरक्षात्मक उपाय अपनाएर लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ । 

धादिङमा सञ्चालन हुने ट्राई एडभेन्चरको रनिङ, साइक्लिङ र र्याफटिङमा सहभागी हुन स्वदेशी तथा विदेशी खेलाडीलाई पत्राचार गरिसकिएको जानकारी दिइएको छ । सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ । 

अन्तर्राष्ट्रियस्तरका खेलकूद कार्यक्रम सञ्चालन गर्नसक्ने सेनाको लगनखेलस्थित केन्द्रमा फुटबल खेल मैदान, कभर्ड हल, सुटिङ रेन्ज, कराँते हल, तेक्वान्दो हल, बक्सिङको रिङसहितका हल, त्यहाँस्थित नित्यकालीमा जिम हल र जङ्गीअड्डा परिसरमा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, प्यारापिटलगायतका भौतिक पूर्वाधारका संरचना छन् ।

‘१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता’ मा सेनाका खेलाडीले २३ स्वर्ण, ३१ रजत र ४९ कास्य अर्थात् ५० प्रतिशत पदक जित्न सफल भए । समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन, २०३०’ समेत तयार गरेको छ । 

सकलदर्जाको शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक, पेशेवर र नेतृत्व गर्ने  फौज तयार गर्न खेलकूदलाई सेनाले प्राथमिकतामा राखेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले