२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमित भएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

२०७७, १६ मंसिर मंगलवार ०२:५१

मङ्सिर १६, काठमाडौं | कोरोना संक्रमित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

शनिबार उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको र गम्भीर लक्षण नभएकाले घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका थिए ।

सोमबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले अस्पताल भर्ना भए पनि सन्दीपको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 'कोरोना संक्रमित भएपछि होटलकै आइसोलेसनमा थिए । आज राति श्वासप्रश्वासमा समस्या देखिएका कारण बिहान अस्पताल भर्ना भएका हुन् । उनको अवस्था सामान्य छ,' टमाटाले सन्दीपसँग नियमित सम्पर्कमा रहेको बताएका छन्।

कोरोना महामारीकै बीच आयोजित क्यारबियन प्रिमियर लिग (सीपीएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताबाट फर्किएका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने क्रममा थिए । छिट्टै उनी अस्ट्रेलियाको घरलु ट्वान्टी–२० प्रतियोगिता बिगबास लिग खेल्न जाँदैछन्। बिगबास लिगमा यसपालि उनले होबर्ट हरिकेन्सबाट खेल्नेछन्।

अस्पताल भर्ना भएपछि सन्दिपले ट्विट गर्दै भनेका छन् 'अलि अलि कम महसुस भएको छ । आशीर्वादका लागि सबैलाई धन्यवाद ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले