पुस २, काठमाडौँ। सन् २०३० मा हुने २१औं एसियन गेम्स कतारको दोहामा हुनेभएको छ।ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) को ओमानको मस्कटमा बसेको साधारणसभाले २०३० को एसियाली खेलकुद आयोजना गर्ने जिम्मा कतारलाई दिएको हो ।
यस्तै सन् २०३४ को २२औं एसियन गेम्स साउदी अरेबियाको रियादमा आयोजना हुने निर्णय भएको छ । यसअघि दोहोले सन् २००६ को एसियन गेम्स आयोजना गरेको थियो। दोहामा सन् २०२२ मा फिफा विश्वकप २०२२ आयोजना हुँदैछ।
विश्वकप आयोजना गर्न लागेको तथा पूर्वाधार भएकाले दोहालाई एसियन गेम्स आयोजन गर्न दिइएको ओएसीले जनाएको छ। रियादमा भने पहिलो पटक एसियन गेम्स हुन लागेको हो।