४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित

१२ पुष २०७७, आईतवार १०:१७

पुस १२, बेइजिङ (रासस/सिन्ह्वा)। चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु शेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताउनुभयो ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उहाँले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मृगौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । 

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७.५ प्रतिशत, मधुमेहका ११.९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ । 

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमिया विरुद्ध जनवरीदेखि विशेष कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायका बारेमा सचेतना फैलाउने चीनको योजना छ । 

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जूनले यस कार्यक्रमले प्रारम्भमा २ लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ