७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

३ फाल्गुन २०७७, सोमबार ०९:२८

फागुन ३, मेलबोर्न । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।

नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । 

महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् । क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो