२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप आइपीएलको छनोटमा असफल

२०७७, ६ फाल्गुन बिहीबार १५:३२

फागुन ६, काठमाडौँ | सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो ।

आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेल्नुभएको थियो । उहाँ त्यो बेला रु ३२ लाखमा अनुबन्ध हुनुभएको थियो । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी हुनुभएको हो । 


सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले