२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली क्रिकेट टोलीको घोषणा

२०७८, १ बैशाख बुधबार ०८:२२

बैशाख १, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । 

छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । 

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । 

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिनुभयो । 

तेक्वान्दो भोलि बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ । छात्र÷छात्रामा तीन÷तीन गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्रमा ४५ केजी, ४८ केजी र ५१ केजी तौल समूहमा खेल हुनेछ । त्यस्तै छात्रामा ४२ केजी, ४४ केजी र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १२० खेलाडीको सहभागिता रहने छ ।

त्यसैगरी एथलेटिक्स शुक्रबार मूलपानीमा हुनेछ । छात्र÷छात्रा गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्र÷छात्रा दुवैमा एक सय, दुई सय, चार सय, आठ सय र एक हजार पाँच सय मिटर दौड तथा चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा विभिन्न २० विद्यालयका १५० खेलाडीको सहभागिता रहने छ ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई हजार, रु एक हजार र रु ५०० पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोटका रुपमा समेत रहेको छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले