२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले मलेसियालाई ९ विकेटले हरायो

२०७८, ६ बैशाख सोमबार १२:४२

वैशाख ६, काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो । 

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । दुई खेल खेलेको नेपाल ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । यता मलेसियाको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जीतका कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिएका हुन । 

त्यस्तै नेपालका अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन । त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको योगफल बनाएको थियो । मलेसियाका साद अजिजले सर्वाधिक २७ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शारभिन मुनियान्दीले २० तथा शाफिक शारिफले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले १÷१ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले