२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

५ जेष्ठ २०७८, बुधबार १५:५५

जेठ ५, काठमाडौँ (रासस) । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । 

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ ।

मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलबार २३ खेलाडीको घोषणा गर्नुभएको थियो । यसअघि गत साता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । 

समूह बी मा रहेको नेपालले विश्वकप छनोटमा चाइनीज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार ब्यहोरेको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट