२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोकप: क्रोएसिया र चेक रिपब्लिकको बराबरी

४ असार २०७८, शुक्रबार १८:१०

असार ४, काठमाडौँ | जारी युरोकपको शुक्रबार राति भएको क्रोएसिया र चेक रिपब्लिकको खेलमा बराबरी नतिजा आएको छ । खेलको ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए ।

सिकले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । उनले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै जारी युरोकपमा व्यक्तिगत तेस्रो गोल गरेका छन् । खेलको पहिलो हाफमा क्रोएसियाले केहि अवसरहरु सदुपयोग गर्न नसक्दा कुनै गोल स्कोर बनाउन सकेन तर दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । क्रोएसियाका पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरीमै रोकिए । 


यो बराबरीसँगै चेकले समूह डीको शीर्षस्थानमा २ खेल खेल्दै ४ अंक जोडेको छ भने क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । 

आजै भएको खेलमा स्वीडेनले स्लोभाकियालाई पराजित गरेको थियो । स्लोभाकियामाथि १–० को जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको छ । सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

अब अर्को खेल १२:४५ बजे ३ अंक जोडेको इंग्ल्यान्ड र स्कटल्यान्डबीच हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु