७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोकपमा आज ४ खेल : अघिल्लो चरण पुग्ने सम्भावना कुन देशको कति ?

७ असार २०७८, सोमबार ०८:१८

असार ७, काठमाडौँ । यूईएफए युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदै छन्। आज एकै दिन समूह ‘बी’ र ‘सी’का खेल हुनेछन्।

आज समूह ‘सी’का दुई खेल राति पौने १० बजे हुनेछ भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन्। समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्। अघिल्लो चरणमा स्थान बनाउनका लागि दुवै टोलीलाई जित उत्तिकै आवश्यक छ । युक्रेनले भने अष्ट्रियाविरुद्ध जित निकाले वा बराबरीले पनि दोस्रो चरणमा पुग्नेछ।

अष्ट्रियाले भने युक्रेनलाई हराउन सके अर्को चरण पुग्नेछ। बराबरी वा हार भोगेमा भने अर्को चरण पुग्न अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ। समूह चरणकै अर्को खेलमा सोही समयमा समूह चरणबाट बाहिरिइसकेको नर्थ मेसेडोनियाले अन्तिम १६ मा पुगिसकेको नेदरल्याण्डको सामना गर्नेछ।

नेदरल्यान्ड एक खेलअगावै यसअघि नै अन्तिम १६ मा पुगेको हो। आजको खेलमा नेदरल्यान्डलाई बराबरी नै पर्याप्त हुनेछ। आजै हुने समूह ‘बी’को अन्तिम चरणको खेलमा शीर्षस्थानको बेल्जियमले तेस्रो स्थानको फिनल्यान्डसँग खेल्नेछ।नकआउट चरणमा पुगिसकेको बेल्जियमले आजको खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्नेछ। बेल्जियमलाई पराजित गरे फिनल्याण्ड अघिल्लो चरणमा पुग्नेछ।

यदि बेल्जियमसँग फिनल्याण्ड पराजित भएमा वा बराबरीको अवस्थामा समूह चरणकै अर्को खेलमा रसिया हार्नुपर्ने हुन्छ। अर्को खेलमा रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्नेछ। रसियाले बराबरी गर्दा फिनल्याण्ड र बेल्जियमले बराबरी गर्नुपर्ने हुन्छ। डेनमार्कले जित निकालेको खण्डमा भने फिनल्याण्ड पराजित हुनुपर्नेछ। साथै गोल अन्तर पनि महत्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो