२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटाली युरोकपको फाइनलमा, इटालीको अपराजित ३३ औं खेल

२०७८, २३ असार बुधबार ०२:१६

असार २३, काठमाडौँ | टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेलमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल १२० मिनेटसम्म चलेको थियो । उक्त समयमा समेत खेल बराबरी भएपछि खेल  टाइब्रेकरमा गएको थियो । टाइब्रेकर स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको छ । 


यसअघि लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न भएको खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने त्यसलाई बराबरी गर्ने क्रममा ८० मिनेटमा अल्भारो मोराटाले गोल फर्काएका थिए । 

इटाली फाइनलमा प्रवेश गरेसँगै बिहिबार बिहान हुने डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग ११ जुलाईमा फाइनल खेल्नेछ । 

यसैबीच अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ औं खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित यात्रामा रहेको छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी