७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट

३१ श्रावण २०७८, आईतवार १३:२४

साउन ३१, काठमाडौँ  (रासस)। एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गर्नुभएको हो । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरुमा अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइवा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहनुभएको छ । 

बन्द प्रशिक्षणबाट रेखा पौडेल, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, निर्मला उपाध्याय, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई बाहिरिनु भएको छ । 

नेपालले एसियन कप फुटबल २०२२ को छनोट चरण खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल समूह ‘एफ’ मा रहेको छ । सो समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली एसियन कपका लागि छनोट हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह