२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीको पीएसजीमा डेब्यु, पीएसजीद्वारा लगातार चौथो जित

२०७८, १४ भाद्र सोमबार ०२:५६

भदौ १४, काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसै खेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ ।

बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले ३० नम्बरको जर्सी लगाएर पीएसजीका लागि डेब्यु गरेमा हुन् ।

पहिलो पटक स्पानिस क्लब बार्सिलोना बाहेम अर्को जर्सी लगएर खेलेका मेसीको सम्मानमा खेलमा उपस्थित सबै दर्शक उठेका थिए ।

बेन्चबाट खेलको सुरुवात गरेका मेस्सी ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए ।


मेस्सीको डेब्यु खेलमा रियल मड्रिड जाने हल्ला चलिरहेमा एम्बाप्पेले दुई गोल गरेका थिए ।

खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासमा पहिलो गोल गरेका एम्बाप्पेले मेस्सी मैदान प्रवेश गर्नुअघि ६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एमबाप्पले दोस्रो गोल गरेका थिए ।

मेस्सीको आगमनपछि नेयमार र एमबाप्पेसँगै नयाँ ट्रिओ बनेको छ । तर उक्त खेलमा भने तीन जनाले सँगै खेल्ने अवसर पाएनन् ।

लगातार चोथो जितपछि पीएसजी ४ खेलबाट १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रेईम्सको तीन अंक मात्र छ । (फोटो : पीएसजी ट्वीटर)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी