२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पहिलो पटक दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दै

२०७८, २४ भाद्र बिहीबार १०:०४

भदौ २४, काठमाडौँ | देशको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तराष्ट्रिय खेल खेल्न सुरु गरेको ३५ बर्षमा हालसम्म ६७ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । 

सन् १९८६ मा नेपाली राष्ट्रिय महिला टिमले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको थियो । नेपालले हालसम्म ३५ खेलमा जित, ४ खेलमा बराबरी र २८ खेलमा पराजित भएको इतिहाँस छ । हालसम्म भएको सबै खेलमा नेपाली टिमले आफ्नै देशको रंगशाला दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने अवसर जुटेको थिएन । तर आज नेपाली महिला टिमले दशरथ रंगशालामा खेल्ने अवसर पाएको छ । आज बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपालले दशरथ रंगशालामा खेल खेल्न लागेको छ । 


दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेल आज साँझ ५ बजे सुरू हुँदैछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।

नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ । 

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी