२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको दोस्रो डेब्यु खेल: व्यक्तिगत २ गोल गरेपछि युनाइटेडको जित

२७ भाद्र २०७८, आईतवार ०१:१७

भदौ २७, काठमाडौँ | रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ ।

रोनाल्डोले दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरेका छन् ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने दोश्रो हाफको ६३ औं मिनेटमा अर्को गोल गरेका हुन् । उनले गोल गर्दा युनाइटेडले २-१ को अग्रता बनाएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले ८०औं मिनेटमा शानदार गोल गरे भने जेस लिनगार्डले इन्जुरी टाइममा गोल थपेर ४-१ को स्थितिमा पुर्याए ।


तेस्रो जितपछि चार खेलबा६ १० अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यस्तै म्यानचेष्टर सिटीले पनि लेस्टर सिटीलाई १-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । सिटीका लागि बर्नानर्डो शिल्भाले दोस्रो हाफमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै ब्राइटनले पनि ब्रेन्टफोर्डलाई १-० ले नै हराएर तेस्रो जित हात पारेको छ । उसका लागि लिएन्ड्रो ट्रोसार्डले ९०औं मिनेटमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको ब्राइटन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग