२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

PL: चेन्नईद्वारा मुम्बई पराजित, धोनीको टिम सबैभन्दा माथि (अंक तालिका)

२०७८, ३ आश्विन आईतवार १८:०९

असोज ३, काठमाडौँ | चेन्नई र मुंबईबीच बीच भएको म्याचसँगै IPL 2021 सिजन २ सुरु भएको छ । खेलको शुरुआत खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डिएन्सलाई २० रनले पराजित गरेको छ । 

आईपीएलको बाँकी रहेका खेल हाल संयुक्त अरब इमिरेट्स (UAE) मा हुँदैछ । धोनीको कप्तानीमा रहेको चेन्नईले मुंबईसामु जीतको लागि १५७ रनको लक्ष्य दिएको थियो । मुम्बईको टीमले उक्त लक्ष्य २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्दा चेन्नईले यो सिजनमा मुंबईबाट व्यहोरेको हारको बदला लिएको छ । 

खेल जितेसँगै चेन्नई पोइन्ट्स टेबलमा १२ अंक पाएर पहिलो स्थानमा उक्लिएको छ । चेन्नईको जितको लागि ड्वेन ब्रावोले सबैभन्दा बढी ३ विकेट लिएका थिए ।

मुम्बईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । चेन्नईले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोरोना महामारीको कारण गत वैशाखमा स्थगित भएको आइपिएल २०२१ का बाँकी खेलहरु आइतबारदेखि सुरु भएका हुन् ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

त्यस्तै राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी