६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

१४ आश्विन २०७८, बिहीबार १०:५०

असोज १४,  काठमाडौं।  पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनायो । ओपनर सन्दीन विराकोडीले सर्वाधिक ५८ रन बनाए । उनले ४१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान एवं ओपनर कुशल भुर्तेललाई २ रनमै रनआउटमा गुमाए पनि विराकोडीले अर्का श्रीलंकाली खेलाडी ओसाडा फर्नान्डोसँग दोस्रो विकेटमा ८ ओभरमा ६६ रनको साझेदारी गरे । फर्नान्डोले १९ बल खेली १ चौका र २ छक्कासहित २० रन बनाए ।

सन्दीप जोराले ३८ र अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले ४२ रन बनाएपछि ललितपुर चुनौती स्कोर बनाउन सफल भयो । सन्दीपले २५ बल खेली २ चौका र २ छक्कासहित ३८ तथा ओमारजाईले २२ बल खेली २ चौका र ४ छक्का प्रहार गरे ।

पवन सर्राफ १ र योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । अविनाश बोहराले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४७ रन खर्चे । धम्मिकाप्रसाद, कृष्ण कार्की र आरिफ शेखले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या