७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुवात

१६ आश्विन २०७८, शनिबार ०१:२१

असोज १६, काठमाडौं | युवा अट्याकर मनिष डांगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ । 

शुक्रबार माल्दिभ्सको मालेमा भएको साफको दोस्रो खेलमा नेपालले आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू–१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए । 


राष्ट्रिय टोलीको लागि यो मनिषको दोस्रो गोल हो । यसअघि उनले पहिलो गोल इराकविरुद्ध गरेका थिए । जुन खेल उनको डेब्युसमेत थियो । 

यससँगै नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध पहिलो जित निकालेको छ । 

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलमा नेपालको तुलनामा घरेलु टोली माल्दिभ्सले दबाब बनाएको थियो । 

जितसँगै नेपालले सिंगल राउण्ड रोबिनको लिगमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेलमा १८ असोजमा श्रीलंकाको सामना गर्नेछ । 

आज नै भएको पहिलो खेलमा श्रीलंका बंगलोदशसँग १–० गोल अन्तरले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह