ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंको खेल रद्ध

Posted on: 02 Oct, 2021

असोज १६ , काठमाडौं, न्युज कारखाना । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेटमा प्रतियोगितामाअन्तर्गत शनिबार तय पहिलो खेल रद्ध भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तय भएको काठमाडौं किङ्स इलेभन र भैरहवा ग्लाडियटर्सबिचको खेल ओसिलो मैदानको कारण रद्ध भएको हो । 

विहान साढे ९ बजे हुने खेल टस नै नभई रद्ध भएको हो । खेल पुनः खेलाइने वा अंक बाँड्ने भन्ने निर्णय भने भएको छैन । आज नै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!