६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

१६ आश्विन २०७८, शनिबार १०:४०

 असोज  १६ , काठमाडौं , न्युज कारखाना । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो सेट २४-२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो । जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो । 

आज बिहानै भएको तेस्रो स्थानको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस र एपीएफले आर्मीलाई समान ३-२ को सेटमा हराएका थिए । अघिल्लो सिजन न्यु डायमण्डले एपीएफलाई नै पराजित गर्दै एनभीए लिग भलिबलको उपाधि हात पारेको थियो । 

केही समयपछि पुरुषतर्फको फाइनल खेल हुँदैछ । उपाधिको लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या