२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल : विराटनगरको पहिलो जित

२०७८, १७ आश्विन आईतवार ११:००

असोज १७ , काठमाडौँ । एभरेस्ट प्रिमियर (इपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ। विराटनगर वारियर्सले काठमाडौँ किंग्स-११ माथि ७ रनको जित हात पारेको हो।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले निर्धारित ८ ओभर नै ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि रहमानुल्लाह गुरबाजले २८, अविजित रहेका सुवास खकुरेलले २६ र राजु रिजालले २४ रनको योगदान दिए।

विराटनगरका रायन पठानले २ र प्रतिस जिसीले १ विकेट हात पारे। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो। 

विराटनगरका लागि अनिल शाहले अविजित ४५ रनको योगदान दिए। १६ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे। रायन पठानले ३०, कप्तान करण केसीले १५ रन जोडे। काठमाडौंका गुल्सन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो। वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई ८ ओभरमा झारिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी