६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल : विराटनगरको पहिलो जित

१७ आश्विन २०७८, आईतवार ११:००

असोज १७ , काठमाडौँ । एभरेस्ट प्रिमियर (इपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ। विराटनगर वारियर्सले काठमाडौँ किंग्स-११ माथि ७ रनको जित हात पारेको हो।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले निर्धारित ८ ओभर नै ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि रहमानुल्लाह गुरबाजले २८, अविजित रहेका सुवास खकुरेलले २६ र राजु रिजालले २४ रनको योगदान दिए।

विराटनगरका रायन पठानले २ र प्रतिस जिसीले १ विकेट हात पारे। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो। 

विराटनगरका लागि अनिल शाहले अविजित ४५ रनको योगदान दिए। १६ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे। रायन पठानले ३०, कप्तान करण केसीले १५ रन जोडे। काठमाडौंका गुल्सन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो। वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई ८ ओभरमा झारिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै