२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएलको प्ले अफ समीकरण पूरा

२०७८, १९ आश्विन मंगलवार ०९:३५

असोज १९ , काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)  ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ।

लिग चरणको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको मंगलबारको अन्तिम खेल रद्द भएसँगै प्ले अफ समीकरण पूरा भएको हो। सोमबार भारी वर्षासँगै भिजेको मैदानको आउट फिल्डको कारण मंगलबारको खेल हुन नसकेपछि काठमाडौं र भैरहवाले अंक बाँडेका हुन्।

खेल रद्द भएसँगै काठमाडौं प्लेअफमा पुगेको छ। साविक विजेता ललितपुर पेट्रियाट्स र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भएको हो। ललितपुर र विराटनर वारियर्स लिग चरणबाटै बाहिरिका छन्।

लिग चरण सकिएसँगै चितवन टाइगर्स ८ अंकबाट शीर्ष स्थानमा रहन सफल भयो भने ७ अंकबाट भैरहवा ग्लाडियटर्स दोस्रो भयो। ७ अंकको पोखरा राइनोज रन रेटका आधारमा तेस्रो हुँदा ३ अंकको काठमाडौं चौथो भयो।

बुधबार पहिलो क्वालिफायरमा चितवन र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। बुधबारकै इलिमिनेटरमा पोखरा र काठमाडौं दिउँसो साढे १ बजे खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने