२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँग फाइनलमा भारतका प्रशिक्षकले डगआउटमा बस्न नपाउने

२०७८, २८ आश्विन बिहीबार ०६:५८

असोज २८, काठमाडौँ | पहिलो पट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले शनिबार सात पटकको विजेता भारतको सामना गर्दैछ । भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले नेपालविरुद्ध खेल्न सजिलो नहुने बताएका हुन् ।

भारतले आफ्नो चौथो  तथा अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको थियो । फाइनल प्रवेशको लागि भारतलाई निश्चित जित आवश्यक थियो र यसक्रममा भारतले नेसनल स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

माल्दिभ्सबिरुद्धको खेलमा  भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । यससँगै सुनिलले भारतका लागि १ सय २४ खेलमा गरेको गोल संख्या ७९ पुगेको छ । भारतले मनवीर सिंहको गोलले अग्रता लिएपछि माल्दिभ्सका तर्फबाट कप्तान अली अस्फाकले पेनाल्टीबाट गोल गरे । खेलको अन्त्यमा भारत दस खेलाडीमा सीमित भएको थियो । 

यस्तै रेफ्रीले भारतीय प्रशिक्षक इगोर स्टेमिकलाई पनि रातो कार्ड देखाएका थिए । यसै कारण उनी खेलपछि आयोजित पत्रकार सम्मेलनमा आउन योग्य भएनन् । नेपालविरुद्धको फाइनलमा पनि प्रशिक्षक स्टिमेक डगआउटमा बस्न पाउने छैनन् । लिग चरणको अन्त्यमा भारत चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल सात अंकमा दोस्रो स्थानमा ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । यस अघिको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी